
एजेन्सी, २८ चैत । कोरोना महामारीका कारण हालसम्म विश्वभर मृतकको संख्या ९५ हजार ७ सय ३९ पुगेको छ ।
विश्वभर कुल संक्रमित संख्या १६ लाखभन्दा बढी छ । हालसम्म तीन लाख ५६ हजार ८ सय २९ जनाले उपचार पाएर निकोसमेत भएका छन् ।
अमेरिकामा ४ लाख ६८ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने १६ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । मृत्युको संख्याका हिसाबले इटली सबैभन्दा प्रभावित भएको छ ।
त्यहाँ १८ हजार २ सय ७९ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् । स्पेनमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ झण्डै एक लाख ५३ हजार जना संक्रमित छन् ।
बेलायतमा ७ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण बढ्दो क्रममा छ । अहिलेसम्म ६ हजार ७ सय ४२ संक्रमणका केस आएका छन् ।
भारतमा २२७ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ ।
कोरोनाबाट अतिप्रभावित देशहरूको सूची :





