
एजेन्सी, २७ चैत । कोरोना महामारीका कारण हालसम्म विश्वभर मृतकको संख्या ८८ हजार पाँच सय २ पुगेको छ ।
विश्वभर कुल संक्रमित संख्या १५ लाखभन्दा बढी छ । हालसम्म तीन लाख ३० ५ सय ८९ जनाले उपचार पाएर निकोसमेत भएका छन् । अमेरिकामा ४ लाख ३५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने १४ हजार ७ सय ९५ जनाले ज्यान गुमाइ सकेका छन् ।
मृत्युको संख्याका हिसाबले इटली सबैभन्दा प्रभावित भएको छ । त्यहाँ १७ हजार ६ सय ६९ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् । स्पेनमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ झण्डै एक लाख ५० हजार जना संक्रमित छन् ।
बेलायतमा ७ हजार ९७ जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा पनि कोरोनाको संक्रमण बढ्दो क्रममा छ । अहिलेसम्म ५ हजार ९ सय १६ संक्रमणका केस आएका छन् । भारतमा १७८ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ ।
कोरोनाबाट अतिप्रभावित देशहरूको सूची :





