काठमाडौं, २७ चैत । कोरोना भाइरसका कारण हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको मृत्यु भएको छ ।

अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीनजना निको भइसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.