हुलाकी न्यूज, वीरगंज, ३० आश्विन । वीरगंजमा प्रहरीले प्रदर्शनकारीमाथि फेरि पनि गोली चलाएको छ । बन्दको अवज्ञा गर्दै राति राति चामल बेच्ने गरेको थाहा पाएपछि पर्साको बहुअर्वाभाठास्थित श्री गणेश खाद्य उद्योगमा विरोध गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
शनिबार प्रदर्शनकारीले खाद्य उद्योगमा तोडफोड गर्नुका साथै धानका बोरा उठाएर लगेको प्रहरीले जनाएको छ । खाद्य उद्योगको कार्यालय, भान्सालगायतको स्थानमा तोडफोड गर्दै गोदाममा राखिएको धानलाई आन्दोलनकारीले लगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटीले बताएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सशस्त्रले १५ र नेपाल प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
तस्विर : फाइल फोटो



