
एजेन्सी, २४ चैत । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टको चेतावनीसँगै लकडाउन झन् कडा पारिएको छ ।
यसैक्रममा लकडाउनको अवज्ञा गर्ने एक व्यक्तिमाथि प्रहरीले गोली प्रहार गरेको छ । दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा एक ६३ वर्षीय पुरुषको गोली लागेर मृत्युभएको छ ।
लकडाउन उल्लंघन नगर्न गरेको आग्रह नमानेर प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।
यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउने चेतावनी दिएका थिए ।



