काठमाडौं, २३ चैत । भारतको नयाँ दिल्लीको निजामुद्दीन क्षेत्रमा भएको एउटा धार्मिक सभामा सहभागी भएर फर्किएका २५ नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ ।

धार्मिक सभा जमातमा सहभागी केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र केहीको मृत्यु भएको समाचारपछि त्यसमा नेपाली पनि सहभागी भएको सूचना भारतले दिएको थियो ।

जमातमा प्रदेश २ का चार जिल्लाबाट २५ जना नेपाली सहभागी भएका थिए । उनीहरू सबैलाई सेनाद्वारा निगरानी गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरू सबै जनाको आज घाँटीको स्वाब परीक्षण हुने र त्यसको रिपोर्ट आएपछि मात्रै थप उपचार हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.