काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ को लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकमा लकडाउनका कारण सर्वसाधारणलाई परेको प्रभाव, लकडाउनको अवधिलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ । तर, नेपालमा लकडाउन प्रभावकारी देखिएको छ । तर, विश्वभर कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ ।

अर्कोतर्फ छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै नेपालको लकडाउन खुल्ने सम्भावना देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.