
एजेन्सी, २० चैत । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई गोली हान्ने चेतावनी दिएका छन् ।
कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्समा एक महिनाका लागि लकडाउन गरिएको छ । यसबीचमा लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्याउने जो कोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिरा टेलिभिजनले जनाएको छ ।
डुटेर्तेले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको बुधबार एक टेलिभजिनमा सम्बोधनका क्रममा बताएका हुन् ।



