हुलाकी न्यूज, वीरगंज, ३० आश्विन । वीरगंज उपमहानगरपालिका वडा नं. १७ सानो पिपरामा रहेको शक्तीपिठ श्री बौद्धी माई मन्दिरमा घण्टा बितरण गरिएको छ । पिपरा निवासी शम्भु कुर्मीमा पुत्रद्वय सुनिल पटेल र अनिल पटेलले संयुक्त रुपमा मन्दिरका पुजारी संतोष पुरीलाई घण्टा हस्तान्तरण गरेका हुन् । मन्दिर प्राङ्गनमा शुक्रबार आयोजित विशेष कार्यक्रममा २० किलो बराबर पित्तलको घण्टा, भिते घडी, ऐना र बिजुली बतीहरु बितरण गरिएको दाता सुनिल पटेलले बताए ।
बौद्धीमाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न तथा आन्तरिक पर्यटकको आर्कषण बढाउन थप सहयोग प्रदान पुगोस भन्ने उद्देश्यले सामग्रीहरु बितरण गरिएको श्री बौद्धीमाई तथा हनुमान संरक्षण संस्थाका सचिव तथा घण्टा दाता अनिल पटेलले बताए । हिन्दूहरुको महान चाड बडादशंैको शुभ अवसर पारेर बितरण गरिएको कार्यक्रममा पिपराका स्थानीय बुद्धिजिवी, भक्तजन, महिला तथा युवाहरु बिरेन्द्र प्रसाद कुर्मी, नरेश यादव, राकेश साह, पुजारी रामक्षेत्रि कुर्मी, देवेन्द्र पटेल, शम्भु पटेल, अमिका राउत, खुशी पटेल, सीता पटेल, सुनिता देवी, कबिता देवी, उमरावती देवी लगायतको उपस्थिती रहेको थियो ।
घटस्थापनादेखि नै श्री बौद्धीमाई मन्दिरमा दिनहुँ सयौं भक्तजनहरु पुजा पाठ गर्न आउने गरेको र सप्तमीदेखि दशमीसम्म भक्तजनहरुको बढ्ने गरेको मन्दिरका पुजारी संतोष पुरीले जानकारी दिए । हाल सो ठाँउमा बौद्धीमाई, भगवान शिव, पार्ववती, गणेश, हनुमान र निर्माणाधिन रामजानकीको मन्दिर रहेको छ ।



