काठमाडौं, चैत १८ । लकडाउन हुनुपूर्व काटिसकेको टिकटको पैसा पूरै फिर्ता हुने आन्तरिक वायुसेवा कम्पनीहरूले जानकारी गराएका छन् ।

सरकारले यसअघि चैत १८ गतेसम्मका लागि मात्र लकडाउन घोषणा गरेका थियो । त्यसपछि यातायात सुचारु हुने आशासहित वायुसेवा कम्पनीका टिकट भने बिक्री भएका थिए । तर, आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म पु¥याएको छ । यसले आन्तरिक उडान समेत प्रभावित बनेको छ ।

बुद्ध एयरले टिकटको पूरै पैसा फिर्ता हुने जानकारी गराएको छ । तर, पैसा भने २६ चैतपछि सम्बन्धित ट्राभल एजेन्सी वा बुद्ध एयरको कार्यालयबाट पाप्त गर्न सकिने भएको छ । कम्पनीले कोभिड १९ को सम्भावित जोखिमलाई टार्न सबै जनालाई घरमै बस्ने समेत आह्वान गरेको छ । यति एयरलाइन्सले समेत यस अवधिमा काटेको टिकटको पूरै पैसा फिर्ता हुने जनाएको छ ।

कम्पनीले समेत सरकारको लकडाउन गर्ने निर्णयमा ऐक्यवद्धता जनाउँदै यस अवधिमा कुनै पनि उडान नहुने स्पष्ट पारेको छ । यात्रुले कम्पनीको कार्यालय वा टिकट खरिद गरेको एजेन्सीमार्फत टिकट फिर्ता लिन सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.