बुटबल । कोरोना भाइरसको संक्रमण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक युवकको आइतबार मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए । चैत ८ गते दुबईबाट नेपाल आएका उनको ‘थ्रोट स्वाब’को नमूना परीक्षणका लागि आइतबार बिहान मात्रै काठमाडौं पठाइएको छ ।

उनको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको केहीबेरमै उनको मृत्यु भएको हो । रुपन्देही सैनामैना नगरपालिकाका ती युवक दुबईमा ट्याक्सी चलाउँथे । ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए ।

यद्यपि अस्पतालले चार दिनपछिमात्र उनको नमूना परीक्षणका लागि टेकु पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.