भारत । नेपालबाट गएका एक युवकलाई भारतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हरियाणा राज्यको पटियाला जिल्लाका ती युवकलाई शनिबार राति कोरोना भाइरसको पुष्टि भएको हो । उनी मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका थिए ।

दिल्लीबाट उनी बस चढेर साथीहरूसँग घर गएका थिए । घर गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गए । उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन ।

उनी किन नेपाल आएका थिए र कति दिन बसे भन्ने पनि खुल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.