जनकपुरधाम । कोरोना भाइरसबाट प्रभावित व्यक्तिहरूलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरूले रकम पठाउन सुरु गरेका छन् ।

कोषमा सबैभन्दा पहिला सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुरधामस्थित प्रतिनिधिले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

यसैगरी भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनहादुर गुरुङ्गले २५ लाख प्रदेश राहत कोषलाई उपलब्ध गराउने घोषणा गरेका छन् । प्रदेश सरकारले २५ करोड रकम राखेर राहत कोषको स्थापना गरेको छ भने मन्त्रीहरूले एक महिनाको तलब कोषमा राखिसकेका छन् । प्रदेशसभा सदस्यहरूले समेत घोषणा गर्ने क्रम जारी छ ।

प्रदेश सरकारले राहत कोषमा रकम सहयोग गर्न प्रदेशस्थित व्यापारिक घराना, अन्य सामाजिक संघसंस्था तथा इच्छुक व्यक्तिहरूलाई समेत आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.