
काठमाडौं । विश्वका १९९ देश र शासित राज्यमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ ।
मृतकको संख्या ३० हजार ८ सय ७९ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् । संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छ । इटालीमा ९२ हजार ४७२ संक्रमित छन् । मृतक १० हजार २३ पुगेका छन् ।
स्पेनमा मृतकको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने ७३ हजार २ सय ३५ संक्रमित छन् । चीनममा मृतकको संख्या तीन हजार तीन सय पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ४३९ रहेको छ । अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ७४० पुगेको छ ।
मृतकको संख्या दुई हजार २ सय २७ पुगेको छ । यता भारतमा मृतकको संख्या २४ पुगेको छ । संक्रमितको संख्या ९ सय ८७ रहेको छ ।
कोभिड १९ बाट अत्यधिक प्रभावित देशहरूको अवस्था :




