काठमाडौं । स्पेनकी पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको उनका भाइ हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ ।

मारिया टेरेसाका आफ्नै सन्तान नभए पनि भाञ्‍जा–भाञ्‍जीको सहारामा रहेकी थिइन् । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेली मेलले बताएको छ । स्पेनको बौर्बन–पर्मा राजवंशमा कोरोनाका कारण पहिलो मृत्यु भएको हो ।

मारियाको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो । मारियाका ६ भाइबहिनी रहेका छन् । उनले आफ्नो युवा अवस्था म्याड्रिडमा बिताएकी थिइन् । मंगलबार मात्र इन्स्टाग्राममा फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । तर उनी निको हुनुको सट्टा संसार छोडेर गइन् ।

यसअघि बेलायतका राजकुमार चार्ल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् । केरोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९८२ पुगेको छ भने संक्रमतिको संख्या ७३ हजार नाघको छ ।

संक्रमति व्यक्तिहरुमध्ये १२ भन्दाबढी उपचारपछि निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.