काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछि मात्र कोरोनाभाइरस परीक्षणको दायरा बढाइने भएको छ ।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछि मात्र कोरोना परीक्षणको दायरा बढाउने बताए । उनले मानव शरीरमा कोरोनाभाइरस जिन रहे नरहेको पत्ता लगाउने प्रविधि आरटीपीसीआर सुरु गर्ने जानकारी दिए ।

आरटीपीसीआरले मानव शरीरबाट लिएको नमूनामा यो भाइरस भए नभएको हेर्ने गर्छ । जसका लागि केमिकल रि एजेन्ट र मेसिनको आवश्यकता पर्छ । उक्त मेसिन र आवश्यक सामग्री चीनबाट ल्याएपछि यो प्रविधि देशैभर सुरु गराउने डा. कार्कीले बताए ।

जसका लागि ल्याबमा काम गर्ने स्वास्थ्यक्रर्मीहरूलाई तालिमसमेत दिन सुरु गरिने उनले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.