रंजन भण्डारी, जलेश्वर, ३० आश्विन । महोत्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले कारागार पुर्याउन लागिएका करिब ६० क्विन्टल दाउरा बाटोमै जलाएका छन् । कारागार पुर्याउन लागिएका दाउरा नियन्त्रणमा लिई उनीहरुले आगो लगाईदिएका छन् ।

मोर्चाका कार्यकर्ताले दाउरा लोड गरिएको को १ त ७१२५ नं. को ट्रयाक्टर र दुई वटा मोटरसाईकलमा समेत तोडफोड गरेका छन् ।

जिल्लाको सरपल्लो र जाउखको बिचबाटोमा बिहान करिब ३ बजे औरहीबाट जलेश्वर कारागारमा दाउरा पुर्याउन जानलाग्दा मोर्चा कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए । ट्रयाक्टरसँगै रहेका दुई मोटरसाईकलमा समेत तोडफोड गरिएको मोर्चा कार्यकर्ताले जनाएका छन् । ट्रयाक्टर धनी औरहीका राम केवल साहले आफु जलेश्वर कारागारमा सो दाउरा पुर्याउन जान लागेको स्विकार गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.