
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण २४ हजार एक सय १२ जनाको ज्यान गएको छ भने ५ लाख ३६ हजार ३ सय ७३ जना संक्रमित भएका छन् ।
विश्वमा यो भाइरस १९९ देशमा फैलिएको छ । संक्रमित भएकामध्ये १ लाख २४ हजार ३ सय ९४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा बढी देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजारभन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८५ हजार ६ सय १२ पुगेको छ । चीनमा ८१ हजार ३ सय ४० मा संक्रमण देखिएका छन् ।
अमेरिकामा मृतकको संख्या पनि १३ सय १ पुगेको छ । त्यस्तै इटालीमा पनि धेरै संक्रमित छन् । इटालीमा ८० हजार ५ सय ८९ संक्रमित छन् । ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ ।
जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २ सय ७८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ८१ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ । फ्रान्समा पनि १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितको संख्या २९ हजार १५५ पुगेको छ । यता भारतमा मृतकको संख्या २० पुगेको छ । भारतमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।
कोरोना भाइरसबाट बढी संकटमा परेका देश :




