
काठमाडौं । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ ।
मन्त्रालयले विज्ञापन निकाल्दै इच्छुकलाई एक साताभित्र आवेदन दिन भनेको छ । मन्त्रालयले करारमा मागेकोमा एक सय जना नर्स, ७ जना जनरल फिजिसियन, ७ जना एनेस्थेसियाजेजिष्ट र २० जना मेडिकल अधिकृत रहेका छन् ।
कोरोना भाइरसका संक्रमित बढ्ने देखिएपछि सरकारले डाक्टर तथा नर्सहरू माग गरेको हो ।




