
एजेन्सी । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार दुई सय ८३ पुगेको छ ।
कुल संक्रमितको संख्या चार लाख ७१ हजार ३५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टा मात्र ४८ हजार ४ सय ६१ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्र दुई हजार तीन सय ८९ जनाको मृत्युभएको छ ।
कोभिड १९ बाट इटालीमा मात्रै एक दिनमा ६ सय ८३ जनाको मृत्यु भएको छ । यहाँ मृतकको संख्या सबैभन्दा बढी ७ हजार पाँच सय ३ पुगेको छ । दोस्रो सबभन्दा बढी मानवीय क्षति हुने देश स्पेन बनेको छ ।
स्पेनमा तीन हजार ६ सय ४७ जनाको मृत्युभएको छ । अमेरिकामा पनि मृतकको संख्या हजारको आंकडा पार परेको छ । अमेरिकामा मृतकको संख्या १ हजार २७ पुगेको हो । कतारमा ५३७ जना संक्रमित रहेका छन् । यहाँ मानवीय क्षति भएको छैन ।
यता, भारतमा भने मृतकको संख्या १२ पुगेको छ भने ६ सय ५७ जना संक्रमित छन् ।बिहीबार बिहानसम्मको अपडेट :















