अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २९ आश्विन । मधेशमा गत दुई महिनादेखि जारी आन्दोलनप्रति समर्थन जनाउँदै कुशवाहा समाजले शुक्रवार महेन्द्रनगरमा ऐक्यवद्धता र्याली प्रदर्शन गरेका छन् । महेद्रनगरको सखुवा चौकबाट कुशवाहा समाजका व्यक्तिहरुको सहभागितामा निस्केको उक्त र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सखुवा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा कुशवाहा जातिका अगुवाहरुले मनतव्य राखेका थिए । ऐक्यवद्धता र्यालीको संयोजक अरुण कुमार महतोलगायत कुशवाहा समाजका बिरेन्द्र कुमार महतो, राम हृदय महतो, रामराज महतोम, उदय महतोलगायत सँयौको संख्यामा कुशवाहा जातिका व्यक्तिहरुको सहभागिता रहेको सहभागी बिरेन्द्र महतोले जनाएका छन् ।




