
काठमाडौं । बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ । ७१ वर्षीय राजकुमार चाल्र्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् ।
क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।



