
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको जनाएको छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लगायत नेपाली सेनाको अन्य विविध गतिविधिहरु विगतका दिनहरुमा झैं प्रेस विज्ञप्तिमार्फत जानकारी गराइनुका साथै अन्य थप जानकारी तथा विवरणहरुका लागि यस निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चारकर्मी लगायत सबैमा जानकारी गराइन्छ ।
नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट पर्न गएको असुविधामा समेत यहाँहरुबाट सदा झै सहयोगको अपेक्षा गरिन्छ ।’



