
काठमाडौं । कोरोना रोकथाम तथा राहत कोषमा राष्ट्रिय जनता पार्टी नेपालका संघीय सांसदहरुले १५ दिनको तलब दिने भएका छन् ।
वैश्विक महामारीको रुपमा फैलिरहेको कोभिड–१९ लाई नेपालमा फैलिन नदिन कोरोना रोकथाम तथा राहत कोष स्थापना गरिएको छ ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले राजपा नेपालको संघीय संसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिएका छन् ।



