चितवन । चितवनस्थित भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा एक बिरामीको मृत्युभएको छ ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । यादवलाई पहिलेदेखि नै लुपस भन्ने रोग रहेको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृगौला रहेको र आइतबार ज्वरो तथा निमोनियाको लक्षण देखिएपछि कोरोना भाइरसको आशंकामा कोरोना विशेष (अस्थाई) अस्पतालमा रिफर गरेको थियो । अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले मंगलबार बिहान ९ बजेर ३० मिनेटमा बिरामीको मृत्यु भएको जानकारी गराउनुभएको छ ।

सोमबार दिउँसोबाट बिरामीलाई श्वासप्रश्वासको समस्या अत्याधिक बढेपछि आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको लक्षण मिलेपछि बिरामीको स्वाब परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको छ ।

रिर्पोट अझै आइसकेको छैन । कोभिड–१९ को परीक्षणको रिपोर्ट नआउँदासम्म शव अस्पतालमै राखिने पनि प्रवक्ता भोजराजले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.