काठमाडौं । सरकारले आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरेका थिए ।

एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा कुनै रोक लगाइएको छैन । त्यस्तै, लामो दूरीका निजी सवारी साधनमा पनि कुनै रोक लगाइएको छैन । उपत्यकाभित्र भने सार्वजनिक गाडीहरू एक जिल्लाबाट अर्को जिल्लामा जान पाउनेछन् ।

अर्को सूचना नआएसम्मका लागि यो व्यवस्था लागू रहने छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.