एजेन्सी । कोलम्बियाको एक कारागारमा भागदौड मच्चिँदा २३ कैदीको मृत्यु भएको छ । कोरानोको त्रासका कारण भएको भागदौडमा ८३ जना कैदीबन्दी घाइते भएका छन् ।

देशभरका कैदी बन्दीले आफूहरू कोरोनाको उच्च जोखिममा रहेको भन्दै विरोध गरेपछि भएको घटनाबारे छानविन भइरहेको अधिकारीहरूले जनाएका छन् । घटनामा ३२ कैदी र सात जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

कोरोनाबाट बच्न कारागारमा सम्पूर्ण सुरक्षाका उपायहरू अपनाइएपनि अप्रत्यासित रूपमा घटना गराइएको सरकारी अधिकारीहरूको दाबी छ ।

घटना लगत्तै ठूलो संख्यामा कैदी बन्दीका आफन्तहरु कारागार बाहिर भेला भएको समाचारमा जनाइएको छ ।

देशभर रहेका एक सय ३२ कारागारको क्षमता ८१ हजार रहेपनि एक लाख २१ हजार कैदी राखिएको न्याय मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.