हुलाकी न्यूज, काठमडौं, २९ आश्विन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीको नाम दिने चर्चा चलिनैरहेका बेला नेतृ सरिता गिरीले भने देशको राष्ट्रपतिका लागि भण्डारी उपयुक्त महिला उम्मेदवार नभएको बताएकी छन् । गिरीले भण्डारीलाई महिलाको समान अधिकारको विरुद्धमा अडान लिँदै आएको नेतृ भन्दै उनको उम्मेदवारीले समान अधिकार र स्वतन्त्रताका लागि लडिरहेको महिलाहरुमा नकारात्मक असर पर्ने बताइन् ।

गिरीले भण्डारी घर, परिवार, समाज र राजनीतिमा महिलाको समान अवस्थिति र स्वतन्त्रताको विरोधमा रहेको आरोप लगाएकी छन् । भण्डारीले सँधै नै पूर्वीय मान्यताअनुसार महिलाहरुले समाजको अपेक्षाबमोजिम निजी र सार्वजनिक जीवनमा पुरुषको सहयोगीको भूमिकामा मात्र उभिन हुने तर्क दिँदै आएको बताउँदै गिरीले भण्डारीलाई महिला स्वतन्त्रताको विरोधी भनेकी छन् ।

bidya bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.