एजेन्सी । कोरोना भाइरसको कारणले विश्वभर मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । विश्वभर यस भाइरसको कारणले १४ हजार ६ सय ४१ जनाको ज्यान गएको छ ।

यसको प्रभाव सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा ५९ हजार १ सय ३८ जना यसबाट संक्रमित छन् भने ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाएका छन् । चीनमा ८१ हजार ९३ जनामा कोरोना देखिएको छ भने ३ हजार २ सय ७० जनाको ज्यान गएको छ । यता यस भाइरसको संक्रमित संख्या अमेरिकामा बढ्दो छ ।

अमेरिकामा ३३ हजार ५ सय ४६ जनामा कोरोनाको संक्रमण देखिँदा ४ सय १९ जनाले यसबाट ज्यान गुमाएका छन् । स्पेनमा १ हजार ७ सय ७२ जनाको कोरोना भाइरसका कारणले ज्यान गएको छ भने २८ हजार ७ सय ६८ जना यसबाट संक्रमित छन् ।

इरानमा पनि १ हजार ६ सय ८५ जनाको यस भाइरसबाट ज्यान गएको छ भने २१ हजार ६ सय ३८ जनामा कोरोना पोजिटिभ देखिएको छ । भारतमा ३ सय ९६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ को सोमबार बिहानसम्मको अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.