हुलाकी न्यूज, काठमाडौं : बीरगञ्जका एक जना व्यापारीमा कोरोना भइरस (कोभिड–१९) देखिएको छ।

व्यापारी शिवकुमार रुंगटामा कोरोना भाइरसको संक्रमण भएको पर्सा जिल्लाका सांसद प्रदिप यादवले जानकारी दिएका छन् भने पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पुष्टि गरेका छन्।

६७ वर्षीय रुंगटाको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए।

यादवका अनुसार रुंगटाको परिवारलाई घरमै आइसोलेशनमा राखिएको छ।

व्यापारको सिलसिलामा दुबई पुगेका रुंगटा नेपाल फर्केपछि विरामी परेका थिए।

उनमा कोरोनाको संक्रमण देखिएपछि पर्साका अस्पतालहरुले भर्ना गर्न अस्वीकार गरेपछि पटनामा उपचार भइरहेको सांसद यादवले जनाए।

तर, पटना मेडिकल कलेजले रुंगटाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ।

अपडेट
यसैबीच, रुंगटाको रिपोर्ट सार्वजनिक भएको छ। जसमा उनलाई कोरोना नभएको देखिएको छ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.