भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै, ३ सय ३२ पुगेको छ । नेपालसँग सीमा जोडिएको बिहारमा समेत एक जनाको मृत्युभएको छ ।

राजधानी पटनाको एम्स अस्पतालको ती व्यक्तिको मृत्यु भएको हो । हालै कतारबाट फर्किएका ती व्यक्तिको शनिबार मृत्यु भएको पुष्टि भएको छ । आइतबार अघि बिहारमा कुनै भाइरस संक्रमित भेटिएको थिएन ।

त्यस्तै बिहारमा दुई जना संक्रमित फेला परेका छन् । मुम्बईमा ६ जना र पुणेमा ४ जना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै इटालीको रोमबाट २ सय ६३ जना भारतीय विद्यार्थीलाई भारत पु¥याइएको छ ।

एयर इन्डियाको एउटा विशेष विमानबाट आइतबार बिहान स्थानीय समयअनुसार करिब सवा नौ बजे दिल्ली पु¥याइएको हो । अहिले उनीहरू सबैलाई क्वारेन्टाइनमा छन् । कोरोनाको जोखिम कम गर्ने उद्देश्यले भारतमा आइतबार बिहान ७ बजेदेखि जनता कफ्र्यु जारी छ । कफ्र्यु राति ९ बजेसम्म रहनेछ ।

त्यस्तै, साँझ पाँच बजे कोरोनाका बिरामीको उपचारमा संलग्नहरूलाई हौसला बढाइ दिन र धन्यवाद ज्ञापन गर्नका लागि ताली, थाल, घण्टीसहित पाँच मिनेटसम्म बजाइदिन प्रधानमन्त्री नरेन्द्र मोदीले जनतासँग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.