कैलाली । कैलालीको गोदावरीमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ फुलबस्तीमा पित्तल जस्तो देखिने वस्तु बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर विकको मृत्यु भएको बताए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.