
हुलाकी न्यूज सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको सारदा डिष्टिलरीको लापरवाहीले एक बालको जलेर मृत्यु भएको छ।
सिरहा जिल्लाकै मिर्चैया नगरपालिका वडा नं. ७ फूलवरी घर भई गोलबजारमा बस्दै आएका उवरास साहका ८ वर्षीय छोरा सोहन साहको मृत्यु भएको हो।
डिष्टिलरीले फालेको आगोसहितको खरानीमा बालक जलेर घाइते भएका थिए। डिस्ष्टिलरीले घर नजीकैको खेतमा आगोसहितको खरानी फालेको थियो।
चैत्र दुई गते जलेका साहको उपचारका लागि विराटनगर र त्यहाँ सम्भव नभएपछि काठमाडौं फठाइएको थियो। उपचारको क्रममा उनको ६ दिनपछि मृत्यु भएको बुबा उवरास साहले जानकारी दिएका छन्।
घटनाको छानविन भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल प्रसाद जैसवालले जनाएका छन्। घटना भएदेखि नै उद्योगसँग सम्वन्वय भइरहेको उनले जनाए।
आगोसहितको खरानी कसरी फालियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जनाए।
डिष्टिलरीको फोहर पानीले स्थानीयावासी पीडित छन् भने झन् खुल्ला रुपमा आगो फाल्ने गरेकोले स्थानीयहरु तथ सशंकित बनेका छन्।
सिरहाको मिर्चैया र गोलबजारसहित दर्जनौं गाउँ जोखिममा



