
भारत । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतमा आइतबार ‘जनता कफ्र्यू’ लागू गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भारतमा ‘जनता कफ्र्यू’ लागू भएको हो । कफ्र्यूका कारण भारतका सडकहरू सुनसान देखिएका छन् । आन्तरिक हवाई उडानका साथै अधिकांश रेल बन्द गरिएका छन् ।
यो अवस्थामा औषधीजन्य तथा अत्यावश्यक सामान पाउने पसलबाहेक सबै किसिमका गतिविधि बन्द भएका छन् ।
प्रधानमन्त्री मोदीले गत शुक्रबारको सम्बोधनमा आइतबार अर्थात् मार्च २२ मा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरूले जनता कफ्र्यूलाई पालना गर्न आग्रह गरेका थिए । अतिआवश्यक भएका बेला मात्र घरबाट निस्किन उनले आग्रह गरेका थिए ।
यसका साथै मोदीले साँझ आफ्नो घरबाटै कोरोना संक्रमितको उपचारमा खटिएकाहरूको हौसला बढाइदिन आग्रह गरेका थिए । जसअनुसार आइतबार साँझ सबैलाई घरबाटै ताली, थालसहित बजाएर मनोबल बढाउन आग्रह गरिएको छ ।
भारतमा तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट पाँच जनाले ज्यान गुमाएका छन् भने २३ जना उपचारपछि घर फर्किएका छन् । कफ्र्यु



