
एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १३ हजार ५४ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ ।
चीन, इटली र त्यसपछि अमेरिकामा सर्वाधिक संक्रमित देखिएका छन् । मृत्यु हुनेको संख्या भने इटली, चीन र इरानमा बढी छ । इटलीमा आइतबार बिहानसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ ।
त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् । छिमेकी भारतमा पाँच जनाको मृत्यु भएको छ भने तीन सय ३२ जना संक्रमित छन् ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।
अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ । कोरोना भाइरसबाट हालसम्म ९५ हजार ७ सय ९७ जना निको भएका छन् ।
आइतबार बिहानसम्मको अपडेट :
















