काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ ।

पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर–पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए । उनको मृत्यु मंगलबार बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो ।

लिलाबहादुर ब्रिटिस–गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केही दिनअघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए ।

त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पु¥याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए । मृत्युको कारण कोभिड–१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ । संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.