काठमाण्डौ । अलिबाबाका संस्थापक ज्याक माले नेपालसहित दश देशलाई अत्यावश्यक उपकरण उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ को जोखिम कम गर्न १० देशलाई भेण्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने घोषणा गरेका हुन् । ज्याकले ट्वीट गरी १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेण्टिलेटर उपलब्ध गराउने जानकारी गराएका छन् ।

उनले नेपाल, अफगानिस्तान, बङ्गलादेश, म्यानमार, मङ्गोलिया, माल्दिभ्स, श्रीलङ्का, कम्बोडिया, लावस र पाकिस्तानलाई सहयोग गर्ने ट्वीटमा जनाएका छन् ।

भारतका मुकेश अम्बानीलाई उछिनेर हालै उनी एसियाकै धनी व्यक्ति बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.