काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विश्वभरि नै त्रास फैलाइरहेको बेला साप्ताहिक पत्रपत्रिकाहरुको प्रकाशन बन्द भएको छ ।

प्रकाशनहरुको अनलाइन संस्करण यथावत राख्दै छापामाध्यमलाई स्थगित गर्ने निर्णय सम्पादकहरुको एक भेला गरेको हो ।

सम्पादकहरुको तर्फबाट किशोर श्रेष्ठ र शम्भु श्रेष्ठसहितका सम्पादकहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)का कारण मानव सभ्यता र विकासलाई नै चुनौती पुगेको हामीले ठानेका छौँ । रोगको उपचार–पहिचान भइनसकेको यस घडीमा सचेततापूर्वक होसियार रहनुको विकल्प नरहेको र नेपाल सरकारले समेत सचेतनाका निम्ति आवश्यक निर्दे्शिका जारी गरेको सन्दर्भमा हामी पत्रकार तथा सञ्चारकर्मीले पनि समस्यालाई गम्भीरतापूर्वक लिएका छौँ । त्यसैले हाम्रा प्रकाशनहरूको अनलाइन संस्करण यथावत राख्दै छापामाध्यमलाई केही समय स्थगित गर्ने निर्णय लिएका छौँ । स्थिति सामान्य भएसँगै हाम्रो छापा प्रकाशनले निरन्तरता पाउने जानकारी गराउँछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘केही समयका निम्ति छापा प्रकाशनको स्थगनका कारण सूचना सम्प्रेषणमा पुग्न गएको अवरोधका निम्ति क्षमा प्रार्थी छौँ ।’

साप्ताहिक पत्रिकाहरुमध्ये जनआस्थाका किशोर श्रेष्ठ, दृष्टिका शम्भु श्रेष्ठ, देशान्तरका कवीर राणा, साँघुका गोपाल बुढाथोकी, नेपालीपत्रका कवीर जोशी, पिपुल्स रिभ्युका पुष्पप्रधान, जनधारणाका निमकान्त पाण्डे, मधेशवाणीका डा. राजेश अहिराज, तरुणका परशु घिमिरे, हाँकका गोविन्द ब. थापा, घटना र विचारका बबिता बस्नेत, जन आह्वानका ओमशर्मा, तामाकोशीका रामचन्द्र बस्नेत, राष्ट्रवाणीका हरि लम्साल, बुधबारका उज्जल पहाडी, समयबद्धका खगेन्द्र फुयाँलले यस्तो निर्णय गरेका हुने भने साप्ताहिक पत्रिकाहरूका तर्फबाट देवप्रकाश त्रिपाठी र शम्भु श्रेष्ठको भेलाले यस्तो निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.