
काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न भारतले सार्क मुुलुकहरूलाई आवश्यक उपकरणसहितका सामग्री पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड डलरको सार्क संकटकालीन कोष घोषणा गरेको केही दिनभित्र भारतले स्वास्थ्य सामग्री, परीक्षण उपकरण र स्यानिटाइजरहरू नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका लगायतका मुलुकमा आपूर्ति गरेको हो ।
यी आपूर्तिहरू विगत पाँच दिनमा गरिएको हो । विदेश सचिव हर्ष शृंगलाको निर्देशनमा भारतीय दूतावासहरूले यी आपूर्ति सामग्रीहरू पठाएका हुन् । नेपालमा परीक्षण उपकरण सहित ¥यापिड रेस्पोन्स टीमलाई पठाइएको छ ।
संकटकालीन फन्डमा दिइने योगदान स्वेच्छाले गरिने व्यवस्था छ र केही सार्क मुलुकले यसमा आगामी दिनमा योगदान गर्नेछन् ।



