एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनभन्दा बढी इटालीमा मानवीय क्षति भएको छ ।

आज बिहानसम्ममा इटालीमा तीन हजार ४ सय ५ जनाको मृत्यु भएको छ । चीनमा भने तीन हजार २ सय ४८ जनाको मृत्यु भएको थियो । चीनभन्दा गम्भीर बिरामीको संख्या पनि चीनभन्दा इटालीमा बढी देखिएको छ ।

इटालीमा गम्भीर बिरामीको संख्या २५ सय पुगेको छ भने चीनमा दुई हजार १ सय ३६ छन् । यस बाहेक इरानमा सवैभन्दा बढीको मृत्यु भएको छ । इरानमा मृतक संख्या १२ सय नाघेको छ । कोरोनाले युरोपेली मुलुकहरूलाई बढी आक्रान्त बनाएको छ ।

स्पेनमा ८ सय ३१ जनाको मृत्यु भएको छ । फ्रान्समा ३ सय ७२, स्वीजरल्याण्डमा १ सय ४४, जर्मनीमा ४४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट अमेरिकामा दुई सयभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरेको कोरोनाबाट विश्वर दश हजार बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजार संक्रमित छन् ।

त्यस्तै, छिमेकी मुलुक भारतमा मृतकको संख्या पाँच पुगेको भने दुई सय १ जना संक्रमित छन् । शुक्रबार बिहानसम्मको विश्व अपडेट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.