फाइल तस्वीर

काठमाडौं । चीनले कोरोना भाइरसको जोखिम न्यूनीकरणमा अनुभव आदान प्रदान गर्न नेपाल लगायतका देशहरूसँग आज भिडियो कन्फरेन्स गर्ने भएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले आयोजना गर्ने भिडियो कन्फरेन्समा दक्षिण एशियाली देशका स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधि सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

मन्त्री ज्ञवालीकाअनुसार नेपालका तर्फबाट उनीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगयतका पदाधिकारी सहभागी हुनेछन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट हुने कन्फरेन्समा नेपालले चीनसँग कोरोना नियन्त्रण तथा रोकथामका लागि चीनको अनुभव तथा आवश्यक सहयोगका बारेमा कुराकानी गर्नेछ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय चीनमा नियन्त्रणतर्फ गइरहेका बेला युरोप र अमेरिका लगायतका देशमा फैलँदो अवस्थामा छ । अहिले नेपालमा भने कोरोना संक्रमित छैनन् ।

यसअघि चीनले कोरोना नियन्त्रणका लागि सहयोग गर्न तयार रहेको जनाएको थियो । गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा सार्क राष्ट्रका प्रतिनिधिबीच कोरोना नियन्त्रण तथा रोकथामबारे छलफल गर्न भिडियो कन्फरेन्स गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.