भारत । निर्भया बलात्कार र हत्या प्रकरणमा चार दोषीहरूलाई आज मृत्युदण्ड दिइएको छ ।

दोषीहरूलाई बिहान तिहाड जेलमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । बिहान ५ः३० बजे दोषीहरू मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहलाई मृत्युदण्ड दिइएको छ ।

निर्भयाको १६ डिसेम्बर २०१२ मा दिल्लीको बसमा सामूहिक बलात्कार गरिएको थियो । घटनाको केही दिनपछि उपचारका क्रममा निर्भयाको मृत्युभएको थियो ।

यसअघि पटकपटक मृत्युदण्डको समय तोकिए पनि प्रतिवादी पक्षका वकिलले दयायाचिकासहितका कानुनी हथकण्डा अपनाएर उनीहरूलाई जोगाउँदै आएका थिए ।

दोषीको डेथ वारेन्ट मार्च ५ मा जारी भएको थियो । निर्भयाका दोषीलाई फाँसीको माग गर्दै भारतमा आन्दोलन नै चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.