हुलाकी न्यूज, जनकपुरधाम : कोरोना भाइरस विरुद्ध क्लोथ बैंक धनुषाले विभिन्न गतिविधि अगाडि बढाएको छ। आफू पनि बचौं र अरुलाई पनि बचाउ नारासहित बैंकले जनकपुरधाममा ४ सयभन्दा बढी थान मास्क वितरण गरेको अध्यक्ष राजीब झाले जानकारी दिएका छन्।

जनकपुरसहित बाहिरबाट आएका यात्रुहरुको चाप रहेको बस स्ट्याण्डलगायतको स्थानमा निःशुल्क मास्क तिवरण गरिएको राजपा नेतासमेत रहेका झाले बताए।

उनका अनुसार सर्बसाधारणको शरिरको तापक्रम नाप्ने काम पनि भइरहेको छ। प्रदेशकी भौतिक पूर्वधार बिकास राज्यमन्त्री डा.डिम्पल झा, राजपा नेता मनोज चौधरी, अनिल महासेठ, समाजिक अभियन्ता शंकर मिश्रा, सामाजिक स्वक्षता अभियन्ता तथा रेलवे ट्रैक अभियानी एवं दिपक कुमार चौधरी, बरिस्ठ चिकित्सक अजय मिश्रा, युवा अभियानी दिबाकर झा, खुशबू साहलगायतको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.