काठमाडौं । सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न जाँदा भीडभाड हुने भन्दै त्यस्तो शुल्कको जरीवाना मिनाह गर्ने निर्णय गरेको छ ।

मालपोत, विद्युत, र यातायात लगायतमा तिर्नु पर्ने शुल्क नतिर्दा लाग्ने जरीवानावापतको शूल्क मिनाह गर्ने निर्णय भएको हो । सरकारले कोरोना भाइरस रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिएको थियो । बिलम्ब शुल्क लाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन मानिसहरु धेरै जम्मा भएको भन्दै यस्तो जमघट नगर्न र आग्रह गरिएको पोखरेलले जानकारी दिए । उनले जरीवाना लाग्ने अवस्था आए जरीवाना शुल्क मिनाह हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.