काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउनु पर्ने भन्दै सबै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै मास्क, औषधिलगायत दैनिक उपभोग्य वस्तुको कृतिम अभाव र कालोबजारी भइरहेकाले त्यसलाई रोक्न प्रभावकारी अनुगमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

विश्वव्यापी रुपमा संक्रमण फैलिहाले भयाभह अवस्था आउन नदिन सरकारलाई सतर्कता अपनाउनका लागि यस्तो निर्देशन दिइएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए । यस्तै समितिले सरकारलाई कोरोना संक्रमणको परीक्षणमा संलग्न चिकित्सकहरुको सुरक्षामा समेत ध्यान दिन निर्देश गरेको छ ।

त्यस्तै, समितिले अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले जोखिम उच्च रहेको उल्लेख गर्दै गृह मन्त्रालयलाई यसको प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.