एजेन्सी । भारतमा बिहीबारसम्म १ सय ७१ जना कोरोना भाइरस संक्रमित बिरामी पुगेका छन् । आजसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

१६ जना भने उपचार गराएर घर फर्किएका छन् । कोरोनाबाट महाराष्ट्रमा ४५ जना, केरलामा २७, हरियाणामा १७, कर्नाटकमा १४, तेलंगाना १३, दिल्लीमा १०, उत्तरप्रदेश १०, लद्दाखमा ८, राजस्थानमा ७, जम्मुाकाश्मिरमा ४, आन्द्र प्रदेशमा २, पञ्जावमा २, तमिलाडूमा एक, उत्तराखण्ड एक, ओडिशामा एक र पश्चिम वंगालमा एक जना कोरोना संक्रमित भटिएका छन् । त्यस्तै चेन्नाइमा ५० अन्तर्राष्ट्रिय र ३४ आन्तरिक विमानका उडान रद्द गरिएको छ ।

त्यस्तै भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् । कोरानोबाट संक्रमितको शंका लागेर दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.