काठमाडौं । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आजदेखि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् ।

दाहालकी छोरी गंगा दाहालले आफ्नो फेसबुकबाट प्रचण्डले ‘अत्यावश्यतक’ बाहेकका भेटघाट स्थगित गरेको जानकारी दिएकी हुन् । ‘विश्वभर महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ’, दाहालको फेसबुकमा भनिएको छ ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण र रोकथामका लागि भन्दै बुधबार अत्यावश्यक काममा बाहेक सकभर घरमै बस्न भनेको थियो ।

यसका अलावा जिम, सिनेमा हल, स्कूल, स्पा लगायतका सामुहिक जमघट हुने विभिन्न स्थान बन्द गर्ने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.