हुलाकी न्यूज, जनकपुरधाम, २९ आश्विन । चाडपर्वलाई ध्यानमा राख्दै जनकपुरधाममा बन्द केही खुकुलो हुनेभएको छ । विजयादशमीको अवसरलाई हेर्दै जनकपुरमा आन्दोलनकारीले बन्द खुकुलो बनाउने निर्णय गरेका हुन् ।

असोज २९ गतेखेखि कार्तिक ५ गतेसम्म साँझ दिउँसो ३ बजेपछि जनकपुर बजार खुल्ला रहनेछ ।

जनकपुरमा आन्दोलनरत विभिन्न मधेशी मोर्चा, जनकपुर उद्योग वाणिज्य संघ र स्थानीय युवाहरुले संयुक्त रुपमा दशैंभरी बन्दलाई खुकुलो बनाउने निर्णय गरेका हुन् ।

यससँगै आन्दोलनकारीले जनकपुरको नागरिक समाज, उद्योगी व्यापारी, युवा, विद्यार्थीलगायत सबैसँग आमहड्ताल सफल बनाउन सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

morcha bigyapti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.