काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।

उपप्रधानमन्त्री पोखरेलले भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।”

अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।

तयारी

एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।

परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो।

बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो।

सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.