हुलाकी न्यूज, काठमाडौं : विहीबार सर्वोच्च अदालतसहित मातहतका सम्पूर्ण अदालतहरु विदा हुने भएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । उनको उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.